दफा २४३
नकवजनी चोरी गर्न नहुने

(१) कसैले नकवजनी चोरी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कुनै घरमा सो घरको मूल ढोका फोरी वा मूल ढोका बाहेक अन्य कुनै बाटो, स्थान वातरिका वा साधनबाट प्रवेश गरी चोरी गरेमा वा चोरी गरिसकेपछि मूल ढोका फोरी वा मूल ढोका बाहेक अन्य कुनै बाटो,स्थान वा तरिका वा साधनबाट बाहिर निस्केमा वा निस्कने उद्योग गरेमा निजले नकवजनी चोरी गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्र्नेे व्यक्तिलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजार रुपैयाँँदेखि पचासहजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।